X

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

सूचना नं.: SGNCDS/०७ –२०८२/८३

प्रकाशित मिति: २०८२ माघ २१ गते (तदनुसार ०४  फेव्रवरी २०२६)

 

यस सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुर द्वारा सञ्चालन गरिने आवासीय तथा गैर-आवासीय कार्यक्रमका लागि उचित व्यवस्था भएका होटलहरूबाट सेवा प्र्दानका लागि यो सूचना आह्वान गरिएको छ । ठाकुरद्धारा बर्दिया तथा नेपालगञ्ज क्षेत्र आसपासका इच्छुक होटल व्यवसायीहरूले देहायका शर्तहरूको अधीनमा रही सिलबन्दी दरभाउपत्र (Sealed Quotation) पेश गर्नुहुन अनुरोध गरिन्छ ।

  • होटलमा आवश्यक हुने सेवा तथा सुविधाको किसिम:

क) आवासीय कार्यक्रमको हकमा (Full Residential Package):

  • बिहानको खाजा (Morning Breakfast), चिया/कफी र कुकिज (Tea/Coffee with Cookies), दिवा खाना - मांसाहारी सहित (Non-Veg Lunch), साँझको खाजा (Hi-Tea with Snacks), रात्रिकालीन खाना (Evening Dinner), बसोबासको व्यवस्था (Accommodations - Single/Twin Sharing)

ख) गैर-आवासीय कार्यक्रमको हकमा (Non-Residential Package):

  • बिहानको खाजा (Morning Breakfast), चिया/कफी र कुकिज (Tea/Coffee with Cookies), दिवा खाना (Non-Veg Lunch), खाजा (Hi-Tea with Snacks)

१. आवश्यक सेवा तथा सुविधाहरू (Specifications):

  • आवासीय व्यवस्था: सुविधायुक्त कोठाहरू (Single र Twin Sharing आधारमा)।
  • हलको व्यवस्था: २० देखि ३० जनासम्मका सहभागीहरू बसेर समूहगत छलफल गर्न मिल्ने पर्याप्त क्षमता भएको हल हुनुपर्नेछ । हलमा पर्याप्त प्राकृतिक प्रकाश, (AC) सुविधा हुनुपर्नेछ ।
  • प्राविधिक सामग्रीहरू: हलमा उच्च गुणस्तरको प्रोजेक्टर, साउन्ड सिस्टम, पोडियम, कम्तीमा २ वटा माइक (Cordless/Handheld), उच्च गतिको इन्टरनेट (Dedicated Wi-Fi) र विद्युत् अवरुद्ध भएको खण्डमा ब्याकअपका लागि जेनेरेटरको अनिवार्य व्यवस्था हुनुपर्नेछ । साथै सेतो पाटी (Whiteboard)को व्यवस्था हुनुपर्नेछ।
  • खानपान (Catering): पूर्ण रूपमा स्वास्थ्यकर (Hygienic) बिहानको खाजा (Breakfast), दिवा खाना (Lunch), दिनको दुई पटक चिया/कफी र कुकिज (Cookies) तथा रात्रि खाना (Dinner) को व्यवस्था हुनुपर्नेछ।

२. पालना गर्नुपर्ने सर्तहरू:

  • फाराममा शुद्धता: दरभाउपत्रमा कुनै केरमेट (Correction/overwriting) भएको हुनुहुदैँन । केरमेट भएमा सो दरभाउपत्र मान्य हुनेछैन ।
  • खानपान र मेनु: कार्यक्रम अवधिभर प्रदान गरिने सेवा सुविधाहरूको विस्तृत 'Food Menu Plan' प्रस्तावका साथ अनिवार्य संलग्न गर्नुपर्नेछ ।
  • दररेट विवरण: होटलले उपलब्ध गराउने सेवाहरू स-शुल्क वा निःशुल्क के हो सो स्पष्ट खुलाउनुपर्नेछ ।
  • Full Residential Package, Non-Residential Package, Twin Sharing र Single Sharing को छुट्टाछुट्टै दररेट पेश गर्नुपर्नेछ ।
  • दररेटको विस्तृत विवरण (Breakdown): प्याकेज बाहेक कोठा शुल्क (Room Charge), खाजा (Breakfast), शाकाहारी तथा मांसाहारी खाना (Veg/Non-Veg Lunch) आदिको स्पष्ट ब्रेकडाउन पेश गर्नुपर्नेछ।
  • कागजातहरू: दरभाउपत्रका साथमा संस्था दर्ता, भ्याट दर्ता र कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य संलग्न गरी सिलबन्दी खाममा बुझाउनुपर्नेछ ।
  • समय सीमा: तोकिएको म्याद नाघी आएका वा रीत नपुगी आएका दरभाउपत्रहरू दर्ता गर्न कार्यालय बाध्य हुनेछैन।
  • अन्तिम अधिकार: दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने तथा आंशिक वा पूर्ण रूपमा बदर गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

३) आर्थिक प्रस्ताव पेश गर्दा प्रयोग गर्नुपर्ने आधिकारिक फाराम तल संलग्न गरिएको छ। यसलाई तपाइँको दरभाउ पत्रमा समावेश गर्नुपर्नेछ । यो फाराम download वा कार्यालयबाट समेत प्राप्त गर्न सक्नुहुनेछ

Annex-I फाराम यंहा क्लिक गरि download गर्न सकिन्छ 

Annex-II फाराम यंहा क्लिक गरि donwload गर्न सकिन्छ 


४) दरभाउपत्रका साथमा निम्न कागजातहरूको प्रतिलिपि अनिवार्य संलग्न हुनुपर्नेछ

  • होटलको आधिकारिक लेटरप्याडमा निवेदन ।
  • होटल दर्ता प्रमाणपत्र (Company Registration) को प्रतिलिपि ।
  • मू.अ.क. (VAT) दर्ता प्रमाणपत्र (भ्याटमा दर्ता अनिवार्य) ।
  • आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र  ।
  • प्रस्तावित खानाको विस्तृत मेनु (Menu Plan)

 

) दरभाउपत्र बुझाउने प्रक्रिया:

  • अन्तिम मिति: २०८२ माघ २७ गते (10th February 2026), कार्यालय समयभित्र।
  • स्थान: सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, झम्सीखेल-०३, ललितपुर।
  • सम्पर्क: ०१-५५५२७९५, ०१-५५५४०१९
  • Email: [email protected]